Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मध्यरातमा सिद्धार्थ र आलिया एउटै गाडीमा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/18
अहिले बउिडका चर्चित कलाकार आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेमले चर्चा पाइरहेको छ । उनीहरु लुकिछिपी प्रेममा रमाइरहेका छन् । तर, पनि मिडियाको क्यामेराबाट भने बच्न सकेका छैनन् ।
 
 
वुधबार राती सिद्धार्थ र आलिया एउटै कारमा घुम्न निस्किए । मुम्बईको बान्द्रा सडकमा यो जोडी एउटै कारमा घुमिरहेको थियो । दुबैलाई मिडियाको क्यामेराले कैद गर्‍यो । सिद्धार्थ मिडियाअघि आउँदा केही असजिलो मान्दै थिए भने आलिया सामान्य देखिइन् ।
 
हालै मात्र आलियाको जन्मदिनमा सिद्धार्थले महंगो उपहार दिएका थिए । उनले आलियालाई मनपर्ने क्यामेरा उपहार दिएका थिए । आलिया तस्बिर खिच्नमा सौखिन छन् ।
Most Visited News (monthly)