मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल ३` गीत रिलिज | प्रेम परियारलाई उछिन्लान् त संयोगले ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/18

चैत्र २७ गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'नाईं नभन्नु ल ३'को गीत सार्वजनिक गरिएको छ । विकास आचार्यको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको प्रस्तुत गीतमा संयोग योगीको स्वर रहेको छ ।

यसअघि गीतकै कारणले हिट भएको 'नाईं नभन्नु ल २'मा प्रेम परियारको बाल आवाजलाई सबैले रूचाएका थिए । फिल्म हिट हुनुको जस प्रेमले पनि पाए । अहिले 'नाईं नभन्नु ल ३'बाट अर्को नयाँँ बाल गायकको उदय भएको छ । हो, उनै संयोग यसै फिल्मबाट स्टार हुने दाउमा छन् ।

 
विकास आचार्यको निर्माणमा मुस्कान ढकालले निर्देशन गरेको 'नाईं नभन्नु ल ३'मा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, सुरज सिंह ठकुरी, सफला भट्टराई, संयम पुरी, आश्मा डिसीलगायतको अभिनय छ ।