घटनाक्रमलाइ हेर्ने हो भने संचारकर्मी तथा अभिनेत्री आश्मा डिसीले आफ्नै प्रेमी संयम पुरी विना काम नै नगर्ने छनक देखिएको छ । मिडियामा प्रेममा ब्रेक लागेको खबर आएसँगै रिलमा पनि ब्रेक लागेको त हैन ? प्रश्न तेर्सिएको छ ।
'आभाष'मा एकसाथ काम गरेका आश्मा र संयमले 'नाईं नभन्नु ल ३'मा पनि एकसाथ अभिनय गरेका छन् । त्यसपश्चात यो जोडी एक्सन कटमा देखिएको छैन । 'आभाष' फिल्मको प्रदर्शनको समयमा आश्मा र संयमको ब्रेकअपको खबर तरंगित भएको थियो । आश्मा यो बिषयमा भने आफूले केही पनि नबोल्ने बताउँछिन् ।
फिल्म 'नाई नभन्नु ल ३'का मुख्य ४ जोडी मध्ये आश्मा र संयम पनि एक हुन् । दुईको फिल्ममा महत्वपूर्ण भूमिका रहेको निर्माता विकास आचार्य बताउँछन् । हेर्न बाँकी छ, के उनले तेश्रो फिल्ममा अर्को जोडी नयाँँ जोडीसँग अनस्क्रिन रोमान्स गर्लिन् ?

