Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म नचल्दा अकेशालाई ब्रेक !

फिल्मीखबर, काठमाण्डौ, 2015/03/18
फिल्म 'जिन्दगी रक्स' आफ्नै कारणले पनि चल्छ भन्ने मोडल अकेशा बिष्ट अहिले चुपचाप छिन् । उनले यो फिल्मको व्यापारले आफ्नो फिल्मी यात्रा कसरी अगाडि बढ्ने टुंगो लाग्ने बताएकी थिइन् ।
 
तर, यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्दा अकेशाको फिल्मी यात्रामा पनि ब्रेक लागेको जस्तो देखिएको छ । अकेशाले यसपछि फिल्म नखेल्ने भन्दै अफर स्विकार गरेकी छैनन् ।
 
वुझ्नमा आए अनुसार छविराज प्रोडक्शनले बनाउन लागेको फिल्म 'किस्मत २'का लागि अकेशालाई अफर गरिएको थियो । छविले यो फिल्ममा खेलाउन अकेशालाई पनि प्रस्ताव गरेका थिए । तर, अकेशाले आफूले अब फिल्म नै नखेल्ने भन्दै प्रस्ताव अस्विकार गरेकी थिइन् ।
 
आफ्ना टेलिभिजनका दर्शक, फेसबुक फ्यानबाट पाएको प्रतिक्रियाले पनि 'जिन्दगी रक्स' चल्नेमा ढुक्क थिइन् अकेशा । म्यूजिक भिडियोबाट पाएको सफलता फिल्ममा चल्ने नदेखेपछि उनी ब्याक सरेकी त हैनन् ?
Most Visited News (monthly)