Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियासँग फिल्ममा गौतम

फिल्मीखबर, काठमाण्डौ, 2015/03/18
‘बीग बोस ८’का विजेता गौतम गुलाठी अब ठूलो पर्दामा पनि देखिने भएका छन् । उनका लागि यो चर्चित रियालिटी शो करिअर बदल्ने अचुक औषधी नै बनेको छ ।
 
 
गौतम एकसाथ ३ वटा फिल्ममा काम गर्ने तयारीमा लागेका छन् । यसको जानकारी उनले आफ्नो ट्विटर मार्फत दिएका हुन् । तर, रोचक कुरा के छ भने गौतमको साथमा एक फिल्ममा अभिनेत्री आलिया भट्ट पनि देखिदैछिन् । आलिया गौतमकी रुचाइएकी अभिनेत्री हुन् ।
 
तीन फिल्ममध्ये २ मा गौतम मुख्य अभिनेताको रुपमा देखिदैछन् । एउटा फिल्ममा भने गौतम विशेष भूमिकामा देखिनेछन् । उनले अभिनय गर्ने २ फिल्म कमेडी जनराका छन् । जसमा एउटामा उनी हेराफेरी गर्ने मानिस बनेका छन् भने अर्कोमा फिल्म निर्देशकको रुपमा देखिदैछन् ।
 
आलियासँग काम गर्न पाउँदा गौतम पनि खुशी देखिएका छन् । गौतमले ४० मिनेट लामो विशेष भूमिका भएको एक फिल्ममा आलियाको लागि साइन गरेका हुन् । आफूलाई मनपर्ने नायिका भएकाले पनि गौतम ४० मिनेट मात्र फिल्ममा देखिन तयार भएको भारतीय केही मिडियाले जनाएका छन् ।
a
Most Visited News (monthly)