Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.60/5.00)
Text size:-
+
-

`डुबे पनि खुसी छु` : नम्रता श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2015/03/18
फिल्ममा लगानी गरेर डुब्दा को निर्माता खुसी हुन्छ होला र ? अभिनेत्री नम्रता श्रेष्ठ भने ति व्यक्ति हुन् जो फिल्म घाटामा जाँदा पनि खुसी छिन् ।
 
नम्रताले निर्माण गरेको फिल्म 'सोल सिस्टर्स' माघ महिनाको पहिलो साता प्रदर्शनमा आएको थियो । पहिलो पटक निर्माणमा हात हालेकी नम्रताको लगानी पूरै डुब्यो । 
 
आफूले अभिनय गरेका फिल्म मात्र हैन अरूका फिल्म पनि नचल्दा चिन्तित हुने नम्रता आफ्नै लगानी डुब्दा भने त्यति चिन्तित भने देखिईनन् । 'म लगानी डुबे पनि खुसी छु किनकी मैले अरू कसैलाई मुर्गा बनाईन ।' 
 
मंगलबार जावलाखेलस्थित सेरोमिनी ब्यूटी पार्लरमा आफूलाई सुन्दर बनाउन आएकी नम्रताले फिल्मीखबरसँगको भेटमा 'सोल सिस्टर्स' निर्माण गरेर धेरै कुरा सिक्न पाएको बताईन् । 'मेरो सिकाई अलि महँगो भयो । अर्को पटक फिल्म बनाउँदा सजिलो हुने भयो ।' नम्रताले एक पटक ठक्कर नखाएसम्म फिल्म मेकिङ प्रकृया बुझ्न नसकिने बताईन् । 
 
नम्रताले एग्रिमेन्ट गरेका फिल्म सकेर पुन: निर्माणमा अगाडी बढ्ने बताईन् । उनले नयाँँ फिल्म निर्माणको लागि कुरा चलिरहेको बताईन् । 'यस पटक अलि बुझेर कमर्सियल भ्यालू भएको फिल्म बनाउँछु', नम्रताले भनिन् ।
 
फिल्म छाडेर सुन्दरताको कुरा गर्न थालेकी नम्रताले कपालको बिषयमा अलि बढि संवेदनशिल भएको बताईन् । कपालको करल गर्दै गर्दा नम्रताले भनिन्, 'बर्षमा कम्तिमा ४ देखि ५ पटकसम्म कपालको करल गर्छु । कपाल राम्रो भयो भने आफूमा कन्फिडेन्ट आउँछ जस्तो अनुभव हुन्छ ।' 
 
 
पहिलो पटक फेसियल गरेकी नम्रताले मेकअपमा भने खासै ध्यान नदिने गरेको बताईन् । उनले भनिन्, 'म मेकअप गरेर हिड्न रूचाउँदिन । तर, सेलिब्रेटी भएपछि घरबाट निस्केपछि मेकअप गर्नु पर्ने रहेछ । यसको अनुभव लिन थालएकी छु ।' 
 
नम्रताले आफ्नो अनुहारको छाला संवेदनशिल भएकाले पनि मेकअप खासै गर्ने बानि नरहेको सुनाईन् । फिल्म पिच्छे कपालको स्टाईल भने परिवर्तन गर्ने गरेको उनको भनाई छ ।
 
केहि दिन अगाडी मात्र 'होमवर्क' फिल्मको सुटिङ सकेकी नम्रताले लगत्तै नयाँँ हेयर स्टाईल बनाएकी छिन् । बन्न लागेको फिल्म 'नवमी नर्देन'मा कर्मसँग जोडी बाँध्न लागेकी नम्रताले 'क्लासिक' फिल्मको लागि छुट्टै हेयर स्टाईल बनाउने बताईन् । 
 
शिव पुरीको निर्माण तथा जोगेन गजमेरको निर्देशनमा बन्न लागेको 'नवमी नर्देन'मा नम्रताले सात बर्षपछि कर्मसँग अनस्क्रिन रोमान्स गर्न लागेकी छिन् । 'सानो संसार'पछि एकसाथ अभिनय गर्न लागेकाले पनि नम्रतालाई यो फिल्म बिशेष हुनेछ । त्यसैले उनी अहिलेदेखि यसको गृहकार्यमा व्यस्त छिन् । 
 
'नवमी नर्देन'को सुटिङ सकेलगत्तै नम्रता र आर्यनको मुख्य भूमिका रहने फिल्म 'क्लासिक'को सुटिङ हुनेछ । सुवास गिरीले निर्माण गर्ने यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन् । 
Most Visited News (monthly)