Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`लालजोडी`मा युवराजको `घिटिघिटी...`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/17
दु:खले म मातेको छु
हजार सपना टुटे पनि 
आफ्नैले लुटे पनि 
खरानी धरि जलाउने यो शहरमा 
घिटीघिटी बाँचेको छु...
 
अहिलेका चर्चित पाश्र्व गायक युवराज चौलागाईं सोमबार साँझ धोबिधारास्थित म्युजीसियन रेकर्डिङ स्टुडियोमा फिल्म 'लालजोडी'मा समाबेश प्रस्तुत माथीका हरफलाई स्वर दिनमा व्यस्त देखिए । सन्तोष श्रेष्ठको संगीत रहेको प्रस्तुत गीतका रचनाकार लक्ष्मण सुवेदी हुन् ।
  
आधुनिक तथा लोक संगीतका संगीतकार सन्तोष यही गीतमार्फत पहिलोपटक फिल्मी संगीतमा लागेका छन् । नयाँं बर्षसँगै सुटिङ सुरु हुने फिल्म 'लालजोडी'को निर्देशन लक्ष्मण सुवेदीले गर्दै छन् ।
 
'एउटा साथी' मार्फत निर्देशनमा डेब्यु गरेका सुवेदीकै लेखन र निर्माण रहने यो फिल्मको छायाँकन रामेश्वर कार्कीको रहने छ । अन्य कलाकार र प्राबिधिकको छनोट हुन बाँकी रहेको निर्देशक सुवेदीले जानकारी दिए । 
 
फिल्मको कथा सन्दर्भ अनुसारको मन छुने गीत भएको भन्दै निर्देशक सुवेदीले गीतले आम मानिसको जिन्दगी बोलेको बताए । गायक चौलागाईं यसै गीतबाट चर्चा आउने आश गरिरहँदा संगीतकार श्रेष्ठले पनि आफूलाई यही गीतले फिल्म संगीतमा स्थापित गराउने बिश्वास ब्यक्त गरे । 
Most Visited News (monthly)