नेपाली फिल्म क्षेत्रमा शिक्षित अभिनेत्रीको परिचय बनाएकी केकी अधिकारी अहिले यूरोपमा छिन् । नेपालमा दैनिक जसो बढ्दै गएको बलात्कारको घटनाले उनलाई पनि झकझकाएको छ । यसैले उनले आफ्नो फेसबुकबाटै बलात्कारीलाई जवाफ फर्काएकी छिन् ।

केकीले टिनको, खरको तथा कंक्रिटको छानो भएको घर भन्दा अघि मेरो कोख तिम्रो घर थियो भन्दै अगाडि लेखेकी छिन्, 'अहंकारले फुल्ने तिम्रो छातीमा पहिलो श्वास त्यहिँ भरेको हुँ । क्रुर तिम्रा पंजाहरुका भाग्यरेखा त्यहिँ कोरेको हुँ । तिमीले हेर्ने आँखा, तिमी ऊभिने मेरुदण्ड र तिम्रा पुरुषार्थका प्रतिक अंग त्यहिँ भित्र हुर्किएका हुन् । ए पुरुष, म नारी हुँ । नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो ।'
केकीले विरताको कुरा गर्नेलाई भनेकी छिन्- 'खै कुन युद्ध लडेका छौ ? के तिमीले जितेका हौ ? कुन सिमानाका रक्षा गरेका हौ ?' उनले ताकत छ भने आफूमाथी कुदृष्टी लगाउने आँखाहरु फोडेर देखान चुनौती दिएकी छिन् ।
केकीले लेखेकी छिन्- 'ममाथि वर्चस्व जमाउने मेरुदण्डहरु भाँचेर देखाऊ । ममाथि आक्रमण गर्ने पंजाहरु रोकेर देखाऊ । छ ताक़त ? नत्र, झुकाऊ तिम्रो शिर, नफुलाऊ तिम्रो छाती किनकि म नै तिम्रो जननी हुँ । ए पुरुष, शर्म गर, किनकि म तिम्रो पुरुषार्थलाई गिज्याईरहेछु । म नारी हुँ, नबिर्स मेरो कोख तिम्रो पहिलो घर हो ।'

