बलिउडमा अभिनेत्रीहरुको सम्बन्ध एकअर्कासँग राम्रो हुँदैन । ब्रान्ड भ्यालुदेखि बक्स अफिस सफलताले अभिनेत्रीहरुमा एक अर्काको डाहा गर्ने स्वभाव हुन्छ । तर, अभिनेत्रीद्धय दीपिका पादुकोण र अनुष्का शर्मामा देखिएको मित्रताले भने यो कुरालाई केही हदसम्म काटेको छ ।

हालै मात्र बलिउडका केही कलाकारले भारतका सूचना तथा प्रशारण मन्त्री राज्यवर्धन सिंह राठौरसँग भेटघाट गरेका छन् । होटल सन्स एन्ड सेन्डमा भएको छलफलमा बलिउडका चर्चित कलाकारहरु आमिर खान, दीपिका पादुकोण, किरण राव, अनुष्का शर्मा, सिद्धार्थ रोय कपुर, विद्या बालन, मधुर भण्डारकर, शबान आजमी, अनुराग कश्यप, राजकुमार हिरानी, मुकेश भट्ट, करण जौहर लगायत सहभागी थिए ।
कलाकाररुले भारतको सेन्सर बोर्डको समस्या मन्त्री समक्ष राखेका थिए । तर, यो छलफल पश्चात देखिएको अनुष्का र दीपिका पादुकोणको मित्रताले भने खुबै चर्चा पाइरहेको छ ।
अनुष्कालाई होटलबाट बाहिर निस्कन साथ दीपिकाले कसिलो अंकमाल गर्दै गालामा चुम्बन गरिन् । उनले अनुष्कालाई 'एनएच १०' फिल्मको सफलताको लागि वधाई पनि दिइन् । अनुष्का पनि दीपिकासँगको आफ्नो बढ्दो मित्रताले दंग देखिइन् ।

