Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ठमेल डटकम`मा अनुप र नरेन

फिल्मीखबर, काठमाण्डौ, 2015/03/16
गोपीकृष्ण मुभिज प्रालीको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुती रहने फिल्म 'ठमेल डटकम'मा प्रमुख कलाकारको रूपमा अनुप विक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् । यसअघि प्रमोद अग्रहरी र नीता पोखरेल अनुबन्धित भईसकेका थिए ।  
 
 
ठमेलको परिवेशमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स तथा सस्पेन्स विषयवस्तुमा निर्माण हुन लागेको 'ठमेल डटकम'को निर्देशन राजकुमार शर्माले गर्नेछन् । उनले यसअघि 'तिलहरी', 'ट्रक ड्राईभर', 'लक्ष्मीपूजा' जस्ता फिल्म निर्देशन गरेका थिए ।     
 
बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत लेखन, एनबी महर्जनको द्धन्द निर्देशन रहने यो फिल्मको पटकथा तथा संवाद ब्रजेश खनालले लेखेका छन् । निकीता पौडेल, निरज पौडेल, निरक पौडेलको निर्माण रहने फिल्मलाई राजुविक्रम थापाले खिच्दैछन् । 
Most Visited News (monthly)