Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरुणिमालाई अमेरिकाको ग्रिनकार्ड

फिल्मीखबर, काठमाण्डौ, 2015/03/16
नेपाली कलाकारको अमेरिका मोह नौलो होइन । धेरै कलाकारको फिल्म क्षेत्रमा लाग्नुको पछाडी अमेरिका पुग्ने चाहना पनि हुन्छ । अमेरिकामा नै पुगेर स्थायी बसोबास गर्ने र भविष्य बनाउने सोचमा लागेका छन् धेरै कलाकार ।
 
यीमध्ये अभिनेत्री अरुणिमा लम्सालको सपना भने पूरा हुने भएको छ । १ बर्षसम्म प्रयास गरेपछि अरुणिमालाई अमेरिकाले ग्रिनकार्ड दिएको छ । अब उनी स-परिवार अमेरिका उड्ने तयारीमा लागेकी छिन् । श्रीमान् र छोरीको साथमा चाडो भन्दा चाडो अमेरिका जाने तयारीमा लागेकी छिन् उनी ।
 
श्रीमानका परिवार अमेरिकामा नै भएकाले पनि अरुणिमालाई ग्रिनकार्ड पाउन सजिलो भएको हो । उनी छोरीको भविष्य बनाउनका लागि पनि अमेरिकातर्फ लाग्ने सोचमा रहेको बताउँछिन् । 
 
अरुणिमाले आफ्ना सहयात्री साथीहरु सबै अमेरिका पुगेकाले र नेपाली फिल्मबाट ओझेल परेकाले पनि त्यता जाने मनसाय बनाएकी हुन् । उनीसँगैका साथीहरु ऋचा घिमिरे, उषा पौडेल, यूना उप्रेती, पूजा चन्द, सारंगा श्रेष्ठ, रञ्जना शर्मा अमेरिकामा नै छन् ।
Most Visited News (monthly)