अभिनेत्री झरना बज्राचार्यले बिहे गरेकी छिन् । केहि बर्षदेखि फिल्म 'सेफ ल्याण्डिङ'का निर्माता तथा व्यवसायी राहुल अग्रवालसँग प्रेममा रहेकी झरनाले प्रेम विवाह गरेकी हुन् ।

मलेसियामा व्यापार गर्दै आएका राहुलसँग झरनाले गत बिहीबार दुई परिवार तथा आफन्तलाई साक्षी राखेर विवाह गरेका हुन् । एक बिदेशी नागरिकसँग इङ्गेजमेन्ट गरेर ब्रेकअप समेत गरेकी झरनाले अन्तत: राहुललाई जीवनसाथी रोजिन् ।
झरना र राहुलको भेट फिल्म 'सेफ ल्याण्डिङ'को सुटिङका क्रममा भएको थियो । अष्ट्रेलियामा फिल्म 'सेफ ल्याण्डिङ'को प्रिमियरका क्रममा झरनाले आफू राहुलसँग प्रेममा परेको खबर सार्वजनिक गरेकी थिइन् ।
पुर्ख्यौली थलो भारत भएपनि मलेसियामा जन्मेर हुर्केका मलेसियन नागरिक राहुल र पूर्व मिस नेपाल समेत रहेकी झरनाको बैबाहिक जीवनको सेफ ल्याण्ड होस्, शुभकामना !

