Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५० बर्षमा आमिर

फिल्मीखबर, काठमाण्डौ, 2015/03/14
बलिउडमा सफल फिल्म दिइरहेका अभिनेता आमिर खान आजबाट ५० औ बर्षमा प्रवेश गरेका छन् । मे १४ मा जन्मेका आमिरले शुक्रबार नै मिडियासँग आफ्नो जन्मदिन मनाएका छन् ।
 
 
आमिरले जन्मदिनको अवसरमा बलिउडकर्मी र आफ्नो परिवारको साथमा मनाइरहेका छन् । उनले आफू ५० बर्षको पुगे पनि १८ बर्षको जस्तै लाग्ने बताए । 
 
बलिउडमा १, २ र ३ सय करोड क्लबको स्थापना गरेका आमिरको यस बर्ष प्रदर्शनमा आएको फिल्म 'पीके'ले सवै रेकर्ड ब्रेक गर्दै ६ सय करोड माथिको व्यापार गरेको थियो । उनले फिल्म 'गजनी'बाट बलिउडमा १ सय करोड क्लबको सुरुवात गरेका हुन् ।
 
हाल एक नयाँ फिल्मका लागि आमिरले आफ्नो वजन बढाएका छन् । उनी हाल ९० किलो भएका छन् । फिल्ममा फरक स्वाद पस्कने अभिनेतामा आमिर पहिलो स्थानमै पर्छन् ।  
Most Visited News (monthly)