Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा `टु आवर्स अफ माई लाईफ`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/14
नेपाली फिल्म ‘टु आवर्स अफ माई लाईफ’ बन्ने भएको छ । क्रिस्टल क्लजको प्रस्तुतीमा बन्ने फिल्मको शुक्रबार पोखरामा शुभमुर्हत गरियो । पोखराकै कलाकारहरुको फिल्ममा वर्चश्व रहेको छ । चैत महिनाको शुरुवातसँगै फिल्म छायाँकनको लागि फ्लोरमा जाने निर्माण यूनिटले जनााएको छ । 
 
 
गोबिन्द बाँस्तोलाको डेब्यू निर्देशन रहने फिल्ममा सन्तोष श्रेष्ठ, रितु गुरुङ र सुस्मिता पुनको अभिनय रहनेछ । २० लाख रुपैयाँ निर्माण लागत रहने फिल्म पोखरा र पर्वतमा करिब एक महिनासम्म छायाँकन हुने निर्देशक बाँस्तोलाले जानकारी दिए । 
 
‘युवापुस्ता लक्षित फिल्म पूर्ण रुपमा मसलायुक्त हुनेछ ।’ शुभमुर्हतको अवसरमा निर्देशक बाँस्तोलाले भने–‘स्तरिय फिल्म निर्माण गर्ने योजना अनुरुप हामीले काम अगाडि बढाएका हौँ ।’ फिल्मको कथा पनि निर्देशक बाँस्तोलाले नै लेखेका हुन् । 
 
भारतीय टेलिसिरियलमा काम गर्दै गर्दा निर्देशक बाँस्तोला फिल्म निर्देशनका लागि नेपाल आएका हुन् । पेशाले ‘चार्टड एकाउन्टेन्ट’ बाँस्तोलाले फिल्म ‘टु आवर्स अफ माई लाईफ’ एउटा विशेष खालको फिल्म बन्ने दाबी गरे । 
 
शुभमुर्हतको क्रममा निर्देशक दिनेश डिसीले फिल्मलाई शुभकामना दिए । मोफसलमा रहेर फिल्म बनाउन गार्‍हो भएपनि स्तरियता दिएको खण्डमा राष्ट्रियस्तरमै त्यो फिल्मले प्रभाव जमाउन सक्ने उनले बताए । 
 
देबी बाँस्तोलाको लगानीमा बन्ने फिल्मलाई दिपकमान उदासले छायाँकन गर्नेछन् । आशिष दियालीको संगीत रहेको फिल्ममा सन्देशजंग राना र देव गुरुङको कोरियोग्राफि रहनेछ । दिपेन्द्र अधिकारी फिल्मको व्यवस्थापक हुन् । 
 
Most Visited News (monthly)