Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुम्बईमा गीत रेकर्ड किन गराउछन् अर्जुन ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/14
संगीतकार अर्जुन पोख्रेल प्राय गीत रेकर्ड गर्न मुम्बई पुग्छन् । मुम्बई पुगेर उनी केही दिन अघि मात्र फर्किए । अर्जुन मुम्बई पुगेर भारतका चर्चित गायक तथा गायिकाको आवाजमा गीत रेकर्ड गराएपछि विभिन्न खालका आरोप पनि लाग्ने गरेको छ ।
 
संगीतकार पोख्रेलले भने काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा मुम्बई जानुको अर्थ खुलाएका छन् । उनले, 'ब्राण्ड एडम्स नेपाल आएर गीत गाउँदा कन्सर्ट गर्न नेपाली कलाकार नै थिएनन् त ?' 
 
अर्जुनले भारतीय गायक तथा गायिकालाई पनि नेपालको बारेमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले भने– ‘नेपालमा भन्दा भारतमा रेकर्ड गराएका गीतमा वजन आउँछ । कारण, त्यहाँको मिक्सिङ गर्ने तरिका नै अर्कै छ ।’ 
 
अर्जुनले आफूले सिकेको कुराको प्रयोग नेपालमै गर्ने बताए । बलिउड ठूलो मार्केट भएकाले नेपालमै खुम्चिएर बसेका श्रष्टाहरुलाई त्यहाँसम्म पुर्‍याउन सकेको खण्डमा सबैलाई फाइदा हुने उनको भनाई थियो । यसका लागि आफूले मुम्बइका चर्चित हस्तीहरुसँग सम्बन्ध बढाउन खोजेको अर्जुनको भनाई छ ।
Most Visited News (monthly)