Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रेखाको ठाउँमा यसकारण निशा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/14
अभिनेत्री रेखा थापाले काम गर्ने भनिएको फिल्म 'लुटेर'मा अहिले अर्की अभिनेत्री निशा अधिकारीले काम गरिरहेकी छिन् । निशालाई फिल्ममा लिएपछि निर्माता गोपाल कायस्थले विभिन्न कुराहरु पनि सुनिरहेका छन् । 
 
निशाको व्यवहार मिडियाप्रति सकारात्मक नभएकाले पनि यसले फिल्मलाई घाटा लाग्ने तर्क धेरैको छ । तर, यसका निर्माता गोपाल कायस्थ भने नेपालमा द्धन्द्धात्मक भूमिका गर्न सक्ने यूवती नभएकाले आफूले निशालाई लिएको बताउँछन् । 
 
निशाले 'मिसन पैसा' र यसको सिक्वेलमा पनि यस्तै भूमिका गरेकाले द्धन्द्धात्मक भूमिकाका लागि लिएको उनले बताए । सुरुमा रेखाले गर्ने भनिएको भूमिका निशाले गरेकी हुन् ।
 
यता, फिल्मका मुख्य कलाकार निखिल उप्रेती अहिले विरामी भएका छन् । निखिल विरामी भएपछि यसको छायांकन प्रभावित भएको छ । निर्माता कायस्थका अनुसार निखिललाई ज्वरो आएपछि यसको द्धन्द्धको दृश्य खिच्न नसकिएको हो । 
 
वुढानिलकण्डस्थित मह स्टूडियोमा सेट लगाएर द्धन्द्धको दृश्य खिच्ने तयारी गरिएको थियो । कायस्थका अनुसार यो द्धन्द्धात्मक दृश्य खतरनाक छ । जसका कारण सेट लगाएर पनि निखिल बिरामी हुँदा द्धन्द्धको दृश्य खिच्न सकिएको छैन । 
 
दयाराम दाहालले निर्देशन गरिरहेका यो फिल्ममा सविन श्रेष्ठ र हर्षिका श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।
Most Visited News (monthly)