आगामी चैत्र २७ गते रिलिज हुने फिल्म 'नाईं नभन्नु ल ३'को प्रोमो रिलिज गरेको छ । 'नाईं नभन्नु ल' र त्यसको सिक्वेल 'नाईं नभन्नु ल २'लाई दर्शकले अत्याधिक रूचाईएपछि यो फिल्मलाई पनि रूचाउन सक्ने सार्वजनिक प्रोमोले देखाएको छ ।
.jpg)
सांगीतिक प्रेमकथामा बनेको 'नाईं नभन्नु ल ३'लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् ।
फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसी मुख्य भूमिकामा छन् । फिल्ममा बसन्त सापकोटाको संगीत छ ।

