Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीलाई थाहा छैन यस्तो कुरा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/11

अभिनेत्री केकी अधिकारीलाई आफू सेलिब्रेटी हुँ या होइन भन्ने थाहा छैन । नेपाली फिल्ममा अहिलेकी व्यस्त अभिनेत्रीको रुपमा रहेकी केकीले बेल्जिय पुगेर यस्तो स्टाटस कोरेकी हुन् ।

केकीले आफू फिल्ममा काम गरेपनि बानी ब्यहोरा केही परिवर्तन नभएको लेखेकी छन् । उनले आफू सेलिब्रेटी हुनुको अर्थ समाजसँग टाढा रहनु नभएको पनि बताएकी छिन् ।

नेपाली कलाकारहरु सार्वजनिक रुपमा धेरै देखिदा क्रेज घटेको आरोप लागिरहेको समयमा केकीको यस्तो भनाई आएको हो । उनले सपना देख्ने र ती सपनाको विचमा रहेर बाँच्न कोशिश गरिरहेको पनि लेखेकी छिन् ।

फिल्मकी अभिनेत्री भएपनि आफू जिवनका यथार्थहरु आफ्ना लागि नबदलिएको केकीको भनाई छ । आफूलाई माया गर्नेहरु भन्दा भिन्न भएर आफू नबाँच्ने उनले फेसबुकमा लेखेकी छिन् ।

केकीले सेलिब्रेटी भएको या नभएको थाहा भएपनि नेपालकी छोरी हुन पाएकोमा भने गर्व गरेकी छिन् । एक कार्यक्रमको सिलसिलामा बेल्जियम पुगेकी केकीको यो स्टाटस बलिउड अभिनेता साहरुख खान नेपाल आएर फर्किएपछि लेखिएको हो ।

Most Visited News (monthly)