Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चुम्बन अघि प्रेमिकालाई खबर गर्छन् सुशान्त

फिल्मीखबर, काठमाण्डौ, 2015/03/11

फिल्म 'पीके'मा निर्वाह गरेको भूमिकाका कारण बलिउड अभिनेता सुशान्त राजपुतको फ्यान संख्या बढिरहेका छन् । उनी चाँडै नै क्रिकेटर धोनीको जिवनीमा बन्न लागेको फिल्ममा मुख्य भूमिकामा पनि देखिदैछन् ।


उनै सुशान्त भने आफ्नी प्रेमिकासँग खुबै डराउँदा रहेछन् । सुशान्त टेलिभिजन हुँदै बलिउडमा प्रवेश गरेका कलाकार हुन् । उनी लामो समयदेखि अंकिता लोखन्डेको प्रेममा छन् । उनै अंकिता सुशान्तको यूवती फ्यान बढ्दै गएपछि केही आतंकित पनि देखिएकी छिन् ।

सुशान्तले आफ्नो यूवती फ्यान देखेर अंकितालाई जलन हुन थालेको खुलाएका छन् । साथमा उनले यो पनि भनेका छन् कि, कुनै पनि फिल्ममा चुम्बन वा अन्य इन्टिमेट सिन दिनु अघि उनी अंकितालाई खबर गर्छन् । यसरी खबर गर्दा अंकिता पनि मानसिक रुपमा तयार हुने सुशान्तको भनाई छ ।

फिल्म 'शुद्ध देशी रोमान्स'मा सुशान्तले बाणी कपुरसँग गरेको चुम्बनले उनको अंकितासँग लफडा परेको खबर आएको थियो । अंकिताले सुशान्तको गालामा थप्पड हानेको खबर मिडियामा चर्चित बनेको थियो ।

Most Visited News (monthly)