फागुन १ गते गोलाप्रथामा पराजित भएर पछि सरेको फिल्म 'अधकट्टी' जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । संचारकर्मी समेत रहेका सुव्रत आचार्यले पहिलो पटक यो फिल्म निर्देशन गरेका हुन् ।
प्रदिप उदयको निर्माणमा तयार भएको यो फिल्मले कमेडी कथालाई प्रस्तुत गरेको छ । फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, प्रदिप बाँस्तोला, अशिष्मा नकर्मी, रिस्ता बस्नेतको मुख्य भूमिका छ । अभिनेता गजित बिष्ट र अभिनेत्री नम्रता श्रेष्ठले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मको उत्तर अमेरिकामा प्रदर्शन अधिकार पनि विक्री भैसकेको निर्माणपक्षले बताएको छ । फिल्मको फ्रेवुअरी १ मा अष्ट्रेलियामा प्रिमियर गरिएको थियो । जेठ ८ मा अर्को फिल्म 'बर्दी' पनि प्रदर्शनमा आउँदैछ ।

