फिल्म 'रामलीला'मा करिब ३० केजीको पहिरन लगाएकी बलिउडी अभिनेत्री दीपिका पादुकोण अब ८० केजीकी भएकी छिन् । दीपिकाको वास्तविक तौल भने ६० केजी हो तर उनी नयाँ फिल्म 'बाजिराओ मस्तानी'मा ८० केजीकी भएकी छिन् ।

यो फिल्ममा दीपिका कवच लगाएर मैदानमा उत्रिदैछिन् । उनले पहिरिएको कवचको तौल २० केजीको छ । जसका कारण पनि दीपिकाको तौल ८० केजी भएको हो । दीपिकाले युद्धकलाको अभ्यास पनि गरेकी थिइन् ।
फिल्ममा रणवीर सिंह र प्रियंका चोपडाको पनि मुख्य भूमिका छ । फिल्मलाई संजय लिला भन्सालीले निर्माण तथा निर्देशन गरिरहेका छन् । यो फिल्मको कथावस्तुका बारेमा अहिले केही पनि बताइएको छैन ।

