Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

हिन्दी गीतमा किन नाचिन् प्रियंका ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/10

अभिनेत्री प्रियंका कार्की सोमबार बेलुकी काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको एक कार्यक्रममा मस्तले नाचिन् । बलिउड वादशाह शाहरूख खानको उपस्थितीमा आयोजना भएको कान्साई नेरोल्याक पेन्ट्सको एक कार्यक्रममा प्रियंकाले हिन्दी गीतमा नृत्य गरिन् । 

 
प्रियंकाले शाहरूख खान अभिनित फिल्मका गीतमा नृत्य गरेपछि अहिले आलोचना भैरहेको छ । एक नेपाली अभिनेत्रीले नेपाली फिल्मका गीतमा नृत्य नगरेर हिन्दी गीतमा नाच्नुलाई केहीले गलत पनि भनेका छन् । तर, प्रियंकाले भने आफूले नेपाली गीतमा नृत्य गर्न चाहेपनि सबै गीतको लेआउट भारतबाटै आएको बताएकी छिन् । 
 
प्रियंकाले कार्यक्रम आयोजकदेखि, डीजे अनि कार्यक्रम संचालक नै भारतीय रहेको बताएकी छिन् । पूरै टिम नै भारतीय भएकाले पनि आफ्नो कुरा सुन्ने कोही नभएको उनले फेसबुक मार्फत जनाएकी छिन् । 
 
प्रियंकाले आफ्नो लागि यो ठूलो अवसर भएकाले समातेको लेखेकी छिन् । उनले नाचमा कसैको भाषा नहुने भएकाले पनि आफूले  हिन्दी गीतमा नृत्य गरेको बताइन् । 
 
शाहरूख खानले आफ्नो प्रस्तुती राखेपछि प्रियंकाले हिन्दी गीतमा नृत्य गरेकी थिइन् । तर, दुबै कलाकारले एक साथ स्टेज शेयर भने गरेनन् ।
Most Visited News (monthly)