अभिनेता राजेश हमालले आउँदो नयाँ बर्ष फिनल्याण्डमा मनाउने भएका छन् । नयाँ बर्ष २०७२ को अवसर पारेर गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा हमाललाई प्रमुख आकर्षण बनाउन लागिएको हो ।
फिनल्याण्डको राजधानी हेल्सिन्कीस्थित ग्लोरिया हलमा अप्रिल १८ तारिखमा आयोजना गर्न लागिएको कार्यक्रममा हमालको साथमा अभिनेत्री नन्दिता केसीको पनि उपस्थिती हुने बताईएको छ । यस्तै सो कार्यक्रममा गायक बिबेक श्रेष्ठ र हिमाल सागर पनि सहभागी हुने छन् ।
कार्यक्रममा फिनल्याण्डका बिभिन्न विश्वबिद्यालय तथा शैक्षिक संस्थाहरुबाट विभिन्न तहको पढाई पुरा गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । हमालको हातबाट ति विद्यार्थीहरुलाई सम्मान गरिने छ ।

