Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चकलेट`को ट्रेलरमा हिरो गायब !

फिल्मीखबर, काठमाण्डौ, 2015/03/10
अभिनेत्री पूजना स्त्रीको निर्माण तथा निर्मल शर्माको निर्देशन रहेको फिल्म 'चकलेट'को ट्रेलर रिलिज गरिएको छ । उक्त ट्रेलरमा फिल्मका मुख्य हिरो आयुष्मान घिमिरे छायाँमा छन् ।
 
 
रिलिज मिति तय नगरिएको 'चकलेट'मा पूजना स्त्री, आयुष्मान घिमिरे, अनुज शाक्य, नम्रता झा, सुनिता ठाकुर, केशव भट्टराई, सुमन गैरेलगायतको अभिनय रहेको छ । ट्रेलरमा सबै मुख्य पात्रको अनुहार प्रस्ट देखिन्छ तर आयुष्मानलाई भने लुकाउन खोजेको प्रस्ट हुन्छ । 
 
पेशाले डाक्टर रहेका आयुष्मानको यो पहिलो फिल्म हो । पूजनाले डेब्यू गराएका आयुष्मानलाई फिल्म मै एकैपटक रिलिज गर्न खोजिएको त हैन ? बुझ्नमा आए अनुसार आयुष्मानसँग पूजनाको पारिश्रमिक लेनदेनका कारण मनमुटाव भएपश्चात यसो गरिएको हो । फिल्मको पोस्टर र गीतमा भने हिरो लुकेका छैनन् । 
 
राजधानीमा रहेका सडक बालबालिकाको कथालाई कथानक बनाईएको 'चकलेट'मा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माताको रूपमा छन् । फिल्ममा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ छ भने सुदिप बरालको छायाँकन रहेको छ । 
 

Most Visited News (monthly)