Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

शाहरूखको खल्लो प्रेसमिट | मागे माफी

फिल्मीखबर, काठमाण्डौ, 2015/03/09
बलिउडका चर्चित अभिनेता शाहरुख खानसँग सात्क्षात्कार गर्न सोमबार काठमाण्डौको ह्यात होटलमा आयोजना गरिएको प्रेसमिट खल्लो भएको छ । पत्रकार सम्मेलनमा प्रश्न गर्न नदिंदा उपस्थित सम्पूर्ण पत्रकारले खल्लो महसुश गरेका हुन् ।
 
शाहरूखसँग साक्षात्कार गर्न होटल ह्यातमा ३ बजेदेखि नै पत्रकारहरू प्रतिक्षामा थिए । झन्डै डेढ घण्टा कुरेका पत्रकारहरू त्यो बेला दु:खी भए जब   कार्यक्रममा केबल दुई प्रश्न सोध्न दिइयो । उक्त कार्यक्रममा शाहरूखलाई फिल्म र नेपालको बारेमा प्रश्न गर्न दिईएन ।   
 
कान्साई नेरोल्याक पेन्ट्सको सिसारहित रंग प्रयोग अभियान ‘यू क्यान’ नेपाल अभियानको उद्घाटन गर्दै खानले काठमाडौंमा पाएको मायाबाट आफू निकै उत्साहित रहेको बताउँदै यो आफ्नो दोस्रो नेपाल भ्रमण भएको बताए । यस्तै उनले स-परिवार फेरि नेपाल आउने प्रतिबद्धता व्यक्त गरे । 
 
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट सिधै ह्यात होटल पुगेका शाहरुखले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज 'यू-क्यान' उद्घाटन गरे । पाँच वर्षदेखि नेरोल्याकसँग आवद्द रहेका शाहरुखले निर्धारित मितिमा नेपाल आउन नसक्दा माफी पनि मागे । 
 
 
किङ खान सोमबार दिउँसो निजी विमान चढेर काठमाडौं आइपुगेका हुन् । काठमाडौंमा ओर्लिएको केही समयपछि उनी ह्यात होटलमा केहीबेरका लागि पत्रकारहरूमाझ उपस्थित भएका हुन् । 
 
शाहरुख अहिले राती होटल याक एण्ड यतीमा एक बिशेष समारोहमा उपस्थित हुँदैछन् । उक्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आफ्नो बारूले कम्मर भाँच्ने छिन् ।  
 
शाहरुखको सुरक्षाका लागि नेपाल प्रहरीले कडा सुरक्षा दिएको छ । शाहरूखलाई हेर्न त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा मात्रै हैन अहिले होटल ह्यात र याक एन्ड यतीमा शुभचिन्तकको बाक्लो भिड लागेको छ ।
Most Visited News (monthly)