बलिउड स्टार अभिनेता शाहरुख खान आज नेपाल आएका छन् । उनी दिउँसो त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा आफ्नै निजी विमानबाट ओर्लेका हुन् ।

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरलाईन्सको दुर्घटनाका कारण ट्राफिक जाम भएकाले शाहरुखको हिजो नेपाल आउने कार्यक्रम रोकिएको थियो । कान्साई नेरोल्याक पेन्ट्सका ब्राण्ड एम्बास्डर शाहरुख सोही ब्राण्डको प्रवर्द्धनका लागि नेपाल आएका हुन् ।
अहिले साँझ याक एन्ड यती होटलमा शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ। कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति रहने छ ।
शाहरुखको सुरक्षाका लागि नेपाल प्रहरीले कडा सुरक्षा दिएको छ । शाहरुखलाई हेर्न त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा उनका शुभचिन्तकको बाक्लो भिड थियो । प्रहरीलाई उक्त भिड हटाउन हम्मे हम्मे परेको थियो ।
काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुखद अनुभूति भएको उल्लेख गरेका छन् ।

