Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अमेरिकामा `भूलभुलैया` प्रिमियर | हेर्नेले रूचाए फिल्म

फिल्मीखबर, टेक्सास, 2015/03/09
अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म 'भूलभुलैया'लाई अमेरिकामा रूचाईएको छ । आईतवार अमेरिकाको टेक्ससस्थित अस्टिन शहरमा फिल्म हेरेपश्चात दर्शकले राम्रो प्रतिकृया दिएको प्रिमियरमा उपस्थित अभिनेता लुईटेलले जानकारी दिए । 
 
 
 
 
'दर्शकको उपस्थिती राम्रो रह्यो', जीवनले भने, 'सबै दर्शकबाट राम्रो प्रतिकृया पाएँ ।' सिङ्गल स्क्रिन लक्षित यो फिल्म हेर्न अमेरिकाको टेक्सासका नेपालीहरूको बाक्लो उपस्थिती थियो । दर्शकले फिल्मको संगीत पक्षलाई राम्रो भने ।  
 
आगामी चैत्र १३ गतेबाट नेपालमा रिलिज हुने यो फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । जीवन र नीतासँगै सोहित मानन्धरको समेत अभिनय रहेको यो फिल्मलाई दिनेश कुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।   
Most Visited News (monthly)