विश्वका कान्छा फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल बालक सौगात विष्ट 'शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०७१' बाट पुरस्कृत भएका छन् ।
.jpg)
शिशु सेवा समितिको ३२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्थाद्धारा संचालित उक्त पुरस्कारबाट कार्यक्रमका प्रमुख अतिथि माननिय सभासद् कविता सरदारले रु १० हजार राशी सहित ताम्रपत्रद्धारा पुरस्कृत गरेकी हुन् ।
सौगातले आठ बर्षको उमेरमा 'लभ यू बाबा' नामको नेपाली फिल्म निर्देशन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कान्छा निर्देशकको रूपमा नाम लेखाएको हुनाले सम्मान र प्रतिभाको कदर स्वरूप पुरस्कृत गरिएको आयोजकले जानकारी गरायो ।

