Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

`पूनर्जन्म`मा रुचाइए गजित

फिल्मीखबर, काठमाण्डौ, 2015/03/08
शुक्रबारबाट हलमा लागेको फिल्म `पूनर्जन्म`को काठमाण्डौको बीग सिनेमामा प्रेस शो गरिएको छ । फिल्मकर्मी र सञ्चारकर्मी उक्त प्रेस शोमा उपस्थित थिए ।  
 
निर्देशक सजन श्रेष्ठ र अभिनेता गजित बिष्ट 
 
प्रेस शोमा पुगेका रंग पत्रकारहरुले फिल्मको पहिलो भागलाई उत्कृष्ट भनेका छन् । दोश्रो भागमा देखाइएको नेपाली रितिरिवाजले अहिलेको पुस्तालाई नयाँ जानकारी दिएपनि केही लामो भएको प्रतिक्रिया उनीहरुको थियो । 
 
फिल्मका मुख्य कलाकार मध्येका एक गजित बिष्टको कामको तारिफ सर्वाधिक भएको छ । गजितले यो फिल्मबाट आफूलाई अब्बल कलाकारको रुपमा प्रस्तुत गरेका छन् । अर्का चल्तीका कलाकार आर्यन सिग्देलले गजितलाई छायाँमा पार्ने टिप्पणी पनि भयो । 
 
मोहनकृष्ण श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा केकी अधिकारी र सुस्मिता शाहीको पनि मुख्य भूमिका छ । सजन श्रेष्ठले निर्देशन गरेको यो फिल्मले अहिले व्यापार पनि सुखद गरिरहेको छ ।
 
नेपाली सेना र उनीहरुको कथालाई प्रस्तुत गरेको फिल्ममा नेपालको कमै मात्र नेपालीलाई थाहा भएको संकार पनि देखाइएको छ ।
Most Visited News (monthly)