Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मका `लिडिङ लेडी`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/08
नेपाली फिल्म क्षेत्रमा पुरुष पात्र हाबी हुँदै आएका छन् । पुरुषको पछि पछि नाच्ने पात्रको रुपमा मात्र महिलाहरुलाई लिइन्छ । तर, समय बदलिएको छ । महिलाको नामबाट पनि फिल्म चल्छ र उनीहरु समाजमा प्रभाव पार्न सक्छन् भन्ने देखिएको छ । त्यसैले विश्व नारी दिवसका अवसरमा नेपाली फिल्म क्षेत्रका केही `लिडिङ लेडी`को चर्चा गरिएको छ ।
 
 
१२ बर्ष अगाडि फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा सर्वाधिक शक्तिशाली महिला पात्र हुन् । विशेषगरि, उनको सामाजिक प्रभाव, दर्शकको माया र फिल्मको व्यापारले पनि उनलाई शक्तिशाली देखाएको छ ।
 
१२ बर्षको करिअरमा उनले राजनीति, सामाजिक र आर्थिकदेखि पारिवारिक उतारचढाव भोगेकी छिन् । निर्माता छविराज ओझासँगको बैबाहिक सम्बन्ध टुटाएर एक्लै बसेकी रेखा निर्माता हुँदै निर्देशक पनि भएकी छिन् । उनले आफ्नै ब्यानरबाट निर्माण गरेका फिल्मले व्यापार राम्रै गर्ने हिम्मत राख्छन् ।
 
शक्तिशाली महिलाको सूचिमा अभिनेत्री केकी अधिकारी पनि पर्छिन् । उनको पनि सामाजिक संजालदेखि सामाजिक रुपमा बलियो प्रभाव छ । विशेषगरि केकीलाई दर्शकले पर्दामा जस्तै पर्दा बाहिर पनि सर्वाधिक रुचाएको पाइन्छ । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा औषत व्यापार गरेपनि यूवामाझ उनी गहिरो छाप छाड्न सफल छिन् ।
 
अभिनेत्री प्रियंका कार्की पनि नेपाली फिल्मकी `लिडिङ लेडी` हुन् । आज उनको हातमा सर्वाधिक धेरै फिल्म छ । देश विदेशमा हुने ठूला कार्यक्रममा पनि यी अभिनेत्रीको उपस्थिती प्रभावशाली छ । छोटो समयमा नै उनी हाल फिल्म नगरीको नम्बर वान अभिनेत्री बनेको देखिन्छ ।  
 
 
अभिनेत्री नम्रता श्रेष्ठलाई पनि नेपाली फिल्मकी `लिडिङ लेडी` भन्न सकिन्छ । थोरै फिल्म तर धेरै माग हुने अभिनेत्रीमा नम्रताको नाम आउँछ । एक भिडियो काण्डलाई सामना गरेर अगाडी बढेका कारण पनि नम्रतालाई शक्तिशाली महिला अभिनेत्री भन्नेहरू छन् । उनले अभिनय गरेका थोरै मात्र सफल फिल्म छन् तर चर्चा र 'मार्केट भ्यालू' उनको राम्रै छ ।      
 
सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई सुन्दरताले गर्दा 'लिडिङ लेडी'को सूचीमा राख्न सकिन्छ । करिष्माको हातमा आज फिल्मको संख्या कम भएपनि सुन्दरताको हिसाबले करिश्मा सधैं नै शिर्ष स्थानमा नै छिन् । बिभिन्न सभासमारोहमा तथा उदघाटन कार्यक्रममा करिष्मा सबैभन्दा बढी खोजिने अभिनेत्री हुन् ।
 
यस्तै फिल्ममा सफल हुन नसकेपनि सगरमाथाको चुचुरो चुम्ने शाहस गरेका कारण पनि अभिनेत्री निशा अधिकारीलाई शक्तिशाली महिला अभिनेत्री मान्न सकिन्छ । निशा निडर र मनमा लागेको कुरा अभिव्यक्त गर्ने अभिनेत्रीको रूपमा पनि चिनिन्छिन् । उनको यो शाहसले मिडिया कन्ट्रोभर्सी भने हुने गरेको छ ।
Most Visited News (monthly)