मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेचेलाई चम्काउला `किल्ला`ले ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/02

कलाकार सुवास मेचे अहिले अाफै फिल्म निर्माणमा हात हालेका छन् । उनले निर्माण गरेको फिल्म 'किल्ला' फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।


देशको राजनीतिक अवस्थालाई चित्रण गरेको यो फिल्ममा सुरभी जैन, विल्सन विक्रम राई, प्रिया रिजाल लगायतका कलाकार पनि छन् । मेचे फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले केही समय सेन्सरको झमेला पनि बेहोरेको थियो ।

राजनीतिक दलका नेताहरुको कारणले देश बिग्रिएको देखाइएको यो फिल्ममा सुवास एक सच्चा नेताको रुपमा देखिएका छन् । सुवासले अभिनय गरेका 'तिम्रो कसम', 'तिमिले दिएको माया', 'सूर्य चन्द्र', 'मेरो प्यारो माइती घर', 'पाण्डव', 'युज', 'लभ इन चाईना बोर्डर' लगायतका एक दर्जन फिल्म प्रदर्शनमा आएका थिए । ति फिल्म व्यवसायिक रुपमा सफल हन सकेनन् ।

फिल्म नचलेपछि ओझेल परेका मेचे एकाएक 'किल्ला'मा नयाँ अवतारमा देखिएका हुन् । यो फिल्मको द्धन्द्धात्मक पाटोलाई अहिले विशेष रुपमा रुचाइएको छ । फिल्मको व्यापारले मेचेको करिअरलाई पनि उकास्ने अपेक्षा गरिएको छ ।