मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेखा हैन निशा बनिन् `लुटेरा`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/02

लामो समयदेखि कलाकार विवादका कारण चर्चामा रहेको फिल्म 'लुटेरा'को छायांकन सोमबारदेखि शुरू भएको छ । काठमाण्डौको पशुपति मन्दिरमा शुभसाइत गर्दै यो फिल्मको छायांकन सुरु गरिएको हो ।

 


आइतबारदेखि परेको पानीका कारण यो फिल्मको मुहुर्तमा केही समस्या देखिएको थियो । तर, कलाकारले पानीमा छाता ओढ्दै मुहुर्त सर्ट दिए । नेकपा एमालेका समासद रामविर मानन्धरले क्ल्याप हानेर फिल्मको मुहुर्त गरेका थिए । कलाकार सविन श्रेष्ठ र निशा अधिकारीले आज अभिनय गर्नेछन् ।

दयाराम दाहालको निर्देशनमा बन्न लागेको यो फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की पनि एक आइटम र केही दृश्यमा देखिने भएकी छिन् ।

गोपाल कायस्थको निर्माणमा बन्न लागेको यो फिल्मको सुरुवाती बेला रेखा थापा र निखिल उप्रेतीले काम गर्ने कुरा थियो । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भएको थियो । विचमा कुरा नमिलेपछि रेखा र सविरले हात झिकेका हुन् ।

फिल्ममा मौनता श्रेष्ठको लेखन, शिव श्रेष्ठको छायांकन, वसन्त सापकोटाको संगीत छ । फिल्मको छायांकन काठमाण्डौ र विरगञ्जमा गरिने निर्माता कायस्थले जानकारी दिए । फिल्ममा बसन्त कुमार श्रेष्ठको पनि लगानी रहनेछ ।