करिब ५ बर्ष लामो विश्रामपछि बलिउडमा फेरि फर्किएकी अभिनेत्री ऐश्वर्या रायले आफूलाई कमब्याक भएको भन्ने कुरालाई अस्विकार गरेकी छिन् । उनले आफू कमब्याक भएको नभई विश्राम लिएको बताएकी हुन् ।
ऐश्वर्याले सन् २०१० मा 'गुजारिश' फिल्ममा काम गरेपछि आफूले विश्राम लिएको बताएकी हुन् । ऐश्वर्या अब फिल्म 'जज्बा' मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । ऐश्वर्याले गरेको अभिनयका लागि उनलाई पहिलो दृश्यमै सबैले उभिएर सम्मान गरेका थिए ।
ऐश्वर्याले भनिन्–‘मैले विश्राम लिएकी हुँ, यसलाई कमब्याक भन्न मिल्दैन । आज पनि मेरो जादु चलेको छ भने म कसरी कमब्याक भएँ र ?’
ऐश्वर्याले राकेश ओम प्रकाशको एक वृत्तचित्रमा पनि अभिनय गरेकी थिइन् । साथै उनले कयौं विज्ञापनमा पनि काम गरिन् । यसैले पनि ऐश्वर्या आफ्नो बलिउड यात्रालाई विश्राम लिएको भन्न चाहन्छिन् ।

