मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरो जादु आज पनि छ` : ऐश्वर्या

फिल्मीखबर, काठमाण्डौ, 2015/03/02

करिब ५ बर्ष लामो विश्रामपछि बलिउडमा फेरि फर्किएकी अभिनेत्री ऐश्वर्या रायले आफूलाई कमब्याक भएको भन्ने कुरालाई अस्विकार गरेकी छिन् । उनले आफू कमब्याक भएको नभई विश्राम लिएको बताएकी हुन् ।

ऐश्वर्याले सन् २०१० मा 'गुजारिश' फिल्ममा काम गरेपछि आफूले विश्राम लिएको बताएकी हुन् । ऐश्वर्या अब फिल्म 'जज्बा' मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । ऐश्वर्याले गरेको अभिनयका लागि उनलाई पहिलो दृश्यमै सबैले उभिएर सम्मान गरेका थिए ।

ऐश्वर्याले भनिन्–‘मैले विश्राम लिएकी हुँ, यसलाई कमब्याक भन्न मिल्दैन । आज पनि मेरो जादु चलेको छ भने म कसरी कमब्याक भएँ र ?’

ऐश्वर्याले राकेश ओम प्रकाशको एक वृत्तचित्रमा पनि अभिनय गरेकी थिइन् । साथै उनले कयौं विज्ञापनमा पनि काम गरिन् । यसैले पनि ऐश्वर्या आफ्नो बलिउड यात्रालाई विश्राम लिएको भन्न चाहन्छिन् ।