मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

अमेरिका पुग्यो योगेशको यात्रा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/01
फिल्म निर्देशनको यात्रामा सुरुवाती कालखण्डमा निर्देशक योगेश घिमिरे सफल रहेनन् । उनले बनाएका केही फिल्मले सुरुवातमा सफलता पनि हात पारेनन्, समिक्षको तारिफ पनि पाएनन् ।
 
 
समय बदलियो । योगेश पनि बदलिए । झन् भन्दा झन् दर्शकको मन जित्दै जान थालेका योगेशलाई 'नोटबुक' फिल्मले सफलता मात्रै दिएन चर्चा पनि दियो । 'नोटबुक' फिल्मले नेपालमा मात्र होइन अर्न्तराष्ट्रिय रुपमा नै चर्चा पायो । 
 
योगेशले निर्देशन गरेको फिल्मले संभवत पहिलो पटक होला, विश्व बजारमा यात्रा गरेको । उनै योगेशको क्रियशन अमेरिका पुगेको छ । मार्च ८ मा अमेरिकामा उनको निर्देशनमा बनेको फिल्म 'भूलभुलैया' प्रदर्शनमा आउने भएको छ । यसका लागि अभिनेता जीवन लुईटेल अमेरिकामा नै छन् । 
 
गीतसंगीतले चर्चा पाइरहेको यो फिल्मका निर्देशक योगेश भन्छन्, 'अमेरिकामा रहेका दर्शकले भव्य हलमा यो फिल्म हेर्न पाउनुहुनेछ । फिल्मको प्रिमियर अमेरिकाबाट नै हुन लागेको हो । फिल्मका मुख्य अभिनेताको साथमा दर्शकले फिल्म हेर्न पाउनेछन् ।' यो फिल्म मार्च २८ तारिखका वासिङ्टनमा पनि रिलिज गरिंदै छ ।
 
'भूलभुलैया' नेपालमा भने चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा जीवनसँगै नीता ढुंगाना र सोहित मानन्धर मुख्य भूमिकामा छन् । फिल्मलाई दिनेश कुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।