मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलकी `ड्रीम` हिरोइन साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2015/03/01
अभिनेता भुवन केसीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म 'ड्रीम'मा उनकै छोरा अनमोलले मुख्य भूमिका निर्वाह गर्दैछन् । 'होस्टल' र 'जेरी'बाट स्टार बनेका अनमोलले बुवाको निर्देशनमा अभिनय गर्ने छन् ।
 
 
भुवनले छोराको अनस्क्रिन जोडी पनि खोजिसकेका छन् । फिल्मीखबरलाई प्राप्त विश्वासनिय खबर अनुसार भुवनको 'ड्रीम'मा अनमोलले मोडल साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्नेछन् । भुवनले भने यो खबरलाई बाहिर ल्याएका छैनन् ।
 
यस्तै यो फिल्ममा इमेज च्यानलकी भिजे सन्ध्या केसीले पनि अभिनय गर्ने खबर छ । सन्ध्या पनि यो फिल्मको मुख्य कलाकार हुन् । अनमोलको जोडी भने साम्राज्ञीसँग जम्ने बुझिएको छ ।
 
सामिप्यराज तिमल्सिनाले लेखेको फिल्म 'ड्रीम'ले प्रेमकथालाई प्रस्तुत गर्ने बताईएको छ । यो फिल्मको सुटिङ चैत्र पहिलो साताबाट शुरू हुने खबर छ ।