मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सोनमलाई स्वाइन फ्लु

फिल्मीखबर, काठमाण्डौ, 2015/03/01
फिल्म 'प्रेम रतन धन पायो'को छायांकनका क्रममा एक्कासी बिरामी भएपछि अस्पतालमा भर्ना भएकी बलिउड अभिनेत्री सोनम कपुरमा स्वाइन फ्लु देखिएको छ । उनलाई स्वाइन फ्लु भएको पुष्टी भएपछि विशेष कक्षमा राखिएर उपचार गरिएको छ ।
 
सोनमलाई स्वाइन फ्लु उनका प्रशिक्षकबाट सरेको भारतीय संचारमाध्यले दाबी गरेका छन् । स्वाइन फ्लु भएपछि सोनम केही आत्तिएकी छिन् । 
 
सोनमसँगै काम गरिरहेका अभिनेता सलमान खानमा पनि स्वाइन फ्लुको आशंका भएपछि परिक्षण गरिएको छ । तर, सलमानमा स्वाइन फ्लु भेटिएको छैन ।
 
सोनम २ साता अस्पतालमा बसेर छायांकनमा पुगेकी थिइन् । सोनम र सलमान बसेको होटलमा स्वास्थ्य टोलीले चेक गरेको छ ।