मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानसँग फेरि ज्याकलिन

फिल्मीखबर, काठमाण्डौ, 2015/03/01
फिल्म 'किक'मा काम गरेपछि बलिउडका अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डेजको जोडी बलिउडमा चम्केको छ । सलमान ज्याकलिनको तारिफ गरेर थाक्दैनन् भने ज्याकलिन पनि सलमानलाई खुबै माया गर्छिन् । 
 
 
यही चर्चाको समयमा अब फेरि यो जोडी एकसाथ पर्दामा देखिने भएको छ । लामो समयदेखि अभिनेत्रीको कारणले चर्चा पाइरहेको फिल्म 'शुद्धी'मा सलमानको साथमा ज्याकलिनले काम गर्ने पक्का भएको हो ।
 
करण जोहर र करण मल्होत्राको निर्माणमा बन्न लागेको यो फिल्मलाई महंगो बजेटको भनिएको छ । सुरुवातमा यो फिल्ममा ऋतिक रोशन र करिना कपुरले काम गर्ने पक्का भएको थियो । तर, विविध कारणले उनीहरुले यो फिल्म छाडे ।
 
करण मल्होत्राको निर्देशनमा बन्ने यो फिल्ममा सलमान र ज्याकनिलाई एकसाथ फेरि हेर्न पाउँदा उनीहरुको फ्यान उत्साहित बन्ने छन् ।