मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`शो पिस` हर्षिका

फिल्मीखबर, काठमाण्डौ, 2015/02/28
फिल्म 'षडङ्ग'को पत्रकार सम्मेलनमा अभिनेत्री हर्षिका श्रेष्ठमाथि एउटा प्रश्न सोधियो, 'जुन फिल्ममा पनि तपाई किन बोल्ड अवतारमा ? हरेक फिल्ममा किन तपाईंको भूमिका यस्तै मात्र ?'
 
फिल्म 'मिसन पैसा रिलोडेड'मा विकनी अवतारमा हर्षिका श्रेष्ठ 
 
हर्षिकाले जवाफ फर्काइन्, 'यो त मेरो लागि खुशीको कुरा हो । किनकी, निर्माताले मलाई यस्तो भूमिकामा पत्याउनु भएको छ ।' हर्षिकाले यो कुरा गरेपनि उनी फिल्ममा 'शो पिस' मात्र बनेको देखिएको छ । 
 
फिल्म 'मुखौटा'को प्रचारमा खुबै लागेपनि उनी 'शो पिस'को रूपमा मात्र देखिइन् । उनलाई कुनै संवाद नै नदिई निर्देशकले अभिनेताको पछि पछि लाग्ने र कुटाई खाने पात्रको भूमिकामा नै सिमित गरिदिए ।
 
हिजो शुकबारबाट प्रदर्शनमा आएको फिल्म 'मिसन पैसा २'मा पनि हर्षिकाको भूमिका विकिनी लगाएर आफ्नो हट शरीर प्रदर्शन गर्नु मात्र छ । 'षडङ्ग'को कहानी पनि हर्षिकाका लागि यस्तै छ । एउटा गीतमा मात्र सेक्सी नृत्य गरेर उनी सिमित भएकी छिन् ।
 
फिल्म 'नतिजा'को एक गीतमा हर्षिका श्रेष्ठ र सोहित मानन्धर 
 
डेढ बर्ष अगाडी रिलिज भएको फिल्म 'कर्कश' होस् या केहि महिना अघि प्रदर्शनमा आएको 'नागबेली', 'जंजीर' नै किन नहोस्, हर्षिकाको कुनै सम्झन लायक भूमिका थिएन । रिलिज हुन लागेको फिल्म 'नतिजा'मा पनि हर्षिकाको जवानी छताछुल्ल भएको सार्वजनिक गीतले देखाउँछ ।
 
यसरी हेर्दा यी अभिनेत्री फिल्ममा 'शो पिस' मात्र बनेको देखिन्छ ।