शुक्रवार रिलिज भएको नेपाली फिल्म 'अझै पनि'ले सुखद संकेत दिएको छ । प्रिमियरमा रुचाईएको यो फिल्मलाई हलमा आउने दर्शकले पनि प्रशंसा गरेका छन् ।
लामो समयपछि एउटा राम्रो र बिशुद्ध नेपाली फिल्म हेर्न पाएको भन्दै निर्देशक आलोक नेम्बाङ्लाई दर्शकले सम्झिएका छन् । 'अझै पनि' जस्तै फिल्म नेपालमा आवश्यकता रहेको दर्शकको प्रतिकृया छ ।
'अझै पनि' देशभरका ४९ हलमा एकसाथ प्रदर्शनमा आएको छ । राजधानीमा मात्र प्रमुख हलसहित १९ हलमा चलिरहेको यो फिल्मले ओपनिङ व्यापार खासै राम्रो नगरेपनि दर्शकले रूचाएको हुनाले 'वर्ड अफ माउथ'ले विस्तारै व्यापार बढ्ने निर्माण टिमको विश्वास छ ।
'अझै पनि'मा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्म पूनम इन्टरटेन्मेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

