Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२८ बर्षमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2015/02/27
अभिनेत्री प्रियंका कार्की आजबाट २८ औं बर्षमा प्रवेश गरेकी छिन् । २८ बर्षमा प्रवेश गर्दै गर्दा प्रियंकालाई उनका सहकर्मी र फ्यानले वधाई दिइरहेका छन् ।
 
 
सन् २००५ मा मिस टिन भएपछि प्रियंकाको कलाकारिता यात्रा सुरु भएको हो । उनले कान्तिपुर टेलिभिजनको 'घरभेटी बा'मा काम गरेपछि चर्चा पाइन् । बिहे गरेसँगै केहि बर्ष अमेरिकामा बसेकी प्रियंका नेपाल फर्कदा पतीसँग सम्बन्ध विच्छेद गरिन् र पूर्ण रूपमा फिल्म मै लागि परिन् ।
 
अहिले प्रियंकाको काँधमा जिम्मेवारी र चुनौती दुबै देखिएका छन् । नेपाली फिल्मलाई अगाडि बढाउने दायित्व उनको काँधमा पनि छ । यस्तै, प्रियंकाका लागि सफल फिल्ममा काम गर्नुपनि अर्को चुनौती बनेको छ ।
 
फिल्म 'थ्री लभर्स' हुँदै अगाडि बढेकी प्रियंकाले छोटो समयमा नै दर्जनौ फिल्ममा काम गरेकी छिन् । आज उनको हातमा थुप्रै सफल ब्यानरका फिल्म छन् । उनका थोरै सफल फिल्म छन् तर व्यस्तता सबैभन्दा बढी छ ।   
 
कुशल डान्सर तथा गायिका समेत रहेकी प्रियंकाको 'नाईं नभन्नु ल ३', 'माला', 'हाऊ फन्नी', 'वडा नम्बर ६' जस्ता प्रतिक्षित फिल्म रिलिजको क्रममा छन् । उनलाई फिल्मी करियरको सफलताको सँगै जन्मदिनको शुभकामना ।  
Most Visited News (monthly)