Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मनिषा कोईरालाले बेस्ट डान्सर छान्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/02/27
कला प्रवद्र्धन, कलाकारको प्रतिभा र क्षमताको विकास गर्न ‘बेस्ट डान्सर २०१५’ प्रतियोगीताको आयोजना हुने भएको छ । सुशिला आर्टस् एकेडेमीको आयोजनामा आउँदो चैत २१ गते यो कार्यक्रम आयोजना हुँदैछ ।  
 
रसियन कल्चर सेन्टरको सहायतामा हुन लागेको यो नृत्य प्रतियोगीताको निर्णायक मण्डलीमा मनिषा कोइराला, मिथिला शर्मा, आकाश अधिकारी र नम्रता श्रेष्ठ रहनेछन् । मनिषा कार्यक्रमको मुख्य आकर्षक हुनेछिन् । 
 
बिहीबार आयोजित प्रेसमिटमा दिईएको जानकारी अनुसार उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो हुनेलाई विइङ ह्युमनको तर्फबाट रु. ८  हजार प्रदान गरिनेछ । यस्तै उत्कृष्ट चौथो, पाचौं, छैठौं, सातौं र आठौं हुनेलाई भने विइङ ह्युमनले पाँच/पाँच हजार प्रदान गर्नेछ ।
 
छनौटमा परेका सम्पुर्ण प्रतिस्पर्धीलाई सुशिला आर्टस् एकेडेमीमा छात्रवृति समेत प्रदान गर्नेछ । 
Most Visited News (monthly)