Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`डकुमेन्ट्रीलाई हेप्दिन` : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2015/02/27
१२ बर्षदेखि फिल्म क्षेत्रमा लागिरहेकी अभिनेत्री रेखा थापाले फिल्मकै पाटोको रूपमा हेरिने डकुमेन्ट्री फिल्म पहिलो पटक हेरेको बताएकी छिन् ।
 
 
शुक्रबार राजधानीमा आयोजना भएको अर्न्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिभलमा प्रमुख अतिथी बनेर पुगेकी रेखाले भनिन्- 'आज पहिलो पटक डकुमेन्ट्री हेरें । पहिला डकुमेन्ट्री भन्ने बित्तिकै हेपाहा सोच जान्थ्यो । आजबाट डकुमेन्ट्रीलाई सम्मान गर्नेछु ।' 
 
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना भएको दुई दिने स्पोर्टस फिल्म फेस्टिभलमा रेखाले एथलेटिक्सका अन्तर्राष्ट्रिय धावक हरि बहादुर रोकायाको डकुमेन्ट्री फिल्म हेरेपश्चात यस्तो भनाई राखेकी हुन् । 
 
बिरगञ्जका युवाहरुको फुटबल खेलको प्रेमको बारेमा तयार पारिएको डकुमेन्ट्री समेत हेरेकी रेखाले भनिन्, 'खेलकुदको बिषयमा पनि निकै राम्रो फिल्म बन्छ भन्ने मैले बुझ्ने मौका पाएँ । अब म पनि निकट भविष्यमा खेलकुदको बिषयलाई लिएर फिचर फिल्म बनाउने छु ।' 
 
नेपाली राष्ट्रिय टोलीका कीर्तिमानी स्ट्राइकर हरि खड्काको आडमा बसेकी रेखाले आफू हरिको रियल फ्यान भएको बताउँदै खेलाडीहरू समाजको वास्तविक हिरो भएको भनाई राखिन् । उनले थपिन्, 'हामी त फिल्मको 'सो कल्ड हिरो' मात्र हौं । हामीले देशको लागि केहि गर्न सकेका छौं जस्तो लाग्दैन । खेलाडीहरूले भने देशको नाम उच्च बनाईरहेका छन् ।'
 
रेखाले 4/5 बर्ष अगाडीसम्म कलाकारको क्रेज रहने गरेको तर अहिले कलाकार भन्दा खेलाडी स्टार बनेको धारणा राखिन् । उनी सानोमा खेलाडी बन्न चाहेको भन्दै समयले कलाकार बनाएको सुनाईन् ।