Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरलाई १ घन्टाको २ करोड

फिल्मीखबर, काठमाण्डौ, 2015/02/27
हालै मात्र बलिउडका चर्चित अभिनेता आमिर खान र उनकी पत्नी किरणलाई एक विज्ञापनको अफर गरिएको छ । यो विज्ञापनको छायांकन जम्मा १ घन्टा गरिनेछ ।
 
आमिर र उनकी पत्नी यो विज्ञापनमा एकसाथ देखिनुपर्ने बताइन्छ । रोचक कुरा के छ भने, १ घन्टा समय दिए वापत आमिरलाई २ करोडको अफर गरिएको छ । विज्ञापन कम्पनीले आमिरको साथमा उनकी पत्नीलाई पनि देखाउने छ ।  
 
आमिर आफ्नो नयाँ फिल्मको तयारीमा छन् । यसैले पनि उनले यो विज्ञापन गर्ने या नगर्ने पक्का भएको छैन । तर, १ घन्टा विज्ञापनको छायांकन गरेको २ करोड लिने आमिरको क्रेज प्रष्ट झल्किएको छ ।
Most Visited News (monthly)