Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल ३` गीत रिलिज | गुन्यूचोलीमा प्रियंकाको जवानी

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
चैत्र २७ देखि प्रदर्शन हुने फिल्म 'नाईँ नभन्नु ल ३'को नयाँ गीत रिलिज गरिएको छ । अभिनेत्री प्रियंका कार्कीले गुन्यूचोलीमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । उनलाई अभिनेता आर्यन सिग्देलले साथ दिएका छन् ।
 
 
कविराज गहतराजले करियोग्राफी गरेको लोक शैलीको गीत प्रस्तुत गीतका संगीतकार बसन्त सापकोटा हुन् भने एकनारायण भण्डारीले शब्द कोरेका हुन् । 'कम्मर माथी पटुकी' बोलको गीतमा प्रल्हाद तिमल्सिना र नव गायिका मेलिना राईको स्वर रहेको छ ।
 
विकास आचार्यको निर्माणमा मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा प्रियंका र आर्यनसँगै अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसीलगायतको अभिनय छ ।

Most Visited News (monthly)