Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`टूके`मा फिल्म हेर्ने पाईने

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
फिल्म टूके र फोर के प्रविधीमा खिचिएपनि हलको गुणस्तर कमजोर बन्दा दर्शकले अपेक्षा अनुसारको स्पष्ट दृश्यमा फिल्म हेर्न पाएका थिएनन् । टूके र फोर के प्रविधीमा फिल्म खिचेर के गर्नु, हलमा त्यही क्वालिटीमा फिल्म देखाउन सक्ने प्रविधी नै छैनन् भन्ने गुनासो फिल्म बनाउनेहरुबाट आउने गर्दथ्यो ।
 
 
अब डीजिटल सिनेमा नेपाल (डीसीएन)ले यो समस्यालाई हल गर्ने तयारी थालेको छ । जसअनुसार तत्काल २० हलमा टूके सिस्टम जोडिएको छ । यी २० हलमा टूके क्वालिटीकै दृश्यमा फिल्म देखाउन सकिनेछ । यसबाट नेपाली फिल्मको गुणस्तरमा विकास हुने विश्वास डीसीएनको छ ।
 
आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै यसका अध्यक्ष अशोक शर्माले यो समस्याबाट छुटकारा पाउन डीसीएनले पहल थालेको बताए । नेपालका क्यूएफएक्स च्यानलका ६ वटा पर्दासहित, बीग मुभिजको ३, एफ क्यूबको ३, गोपीकृष्णको १, सिने दि सेफको २, हेटौंडा नारायणीे मलको २ र ईटहरी सिनेमाको १ पर्दा गरि २० पर्दामा टूके पद्धतीकै प्रोजेक्सन जडान गरिएको डीसीएनले जनाएको छ ।
 
अब नेपाली फिल्म पनि विदेशी फिल्म सरह टूके प्रविधीमा नै इन्कोडिङ गर्न सकिनेछ । फिल्म 'सुन्तली'लाई परिक्षण गरेपछि अब आफूहरु सफल भएको अशोकले बताए ।
Most Visited News (monthly)