Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरूखको फिल्ममा १७ जना स्टार

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
बलिउडमा शाहरूख खानले फिल्म खेल्ने भन्ने वित्तिकै त्यसको चर्चा निकै नै हुने गर्दछ । उनको फिल्ममा हुने कलाकारको बारेमा पनि संचारमाध्यमले खुबै हल्ला गर्छन् ।
 
शाहरूख निर्देशक रोहित सेट्टीसँग मिलेर नयाँ फिल्म खेल्दैछन् । यो फिल्मका लागि शाहरूख र रोहित तयार छन् । यो फिल्ममा शाहरूखका साथमा बरुण धवन र श्रुती मेनन पक्का भैसकेका छन् । 
 
शाहरूखको अपोजिटमा काजोल र कट्रिना कैफको नाम चलेको लामो समय भैसकेको छ । शाहरूखले आफ्नो अपोजिट लेडीको बारेमा पक्का गरिदिएका छन् । रोहित सेट्टीको नाम नखुलाइएको फिल्ममा शाहरूखसँग काजोलले अभिनय गर्ने भएकी छिन् । यो कुरा स्वयंम शाहरूखले नै पुष्टी गरिदिएका हुन् ।
 
यस्तै शाहरूखले आफ्नो फिल्ममा १७ जना स्टारहरुले काम गर्न लागेको खुलाइदिएका छन् । उनले अन्य कलाकार को हुन् भन्ने बारेमा बोलेका छैनन् । शाहरूखले निर्माण तथा अभिनय गरेको फिल्म 'ह्याप्पी न्यू इयर'मा पनि मल्टिस्टार कलाकारले अभिनय गरेका थिए । फिल्मको छायांकन मार्चको दोश्रो हप्ताबाट सुरु गर्ने तयारी गरिएको छ ।
Most Visited News (monthly)