Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पाको घन्टी सक्कली कि नक्कली ?

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
निर्माता छविराज ओझाले छविराज प्रोडक्शनबाट निर्माण गरेको तेश्रो फिल्म 'हवल्दार सुन्तली'लाई चोरीको आरोप लागिरहेको छ । यसअघि पोष्टर चोरीको आरोपमा फसेको यो फिल्म अब फेरि अर्को एक गीत चोरीका कारण चर्चामा छ ।
 
 
फिल्मको ‘घन्टी बज्यो’ बोलको गीत चर्चामा त छ तर यो गीतलाई संगीतकार टंक बुढोथोकीले आफ्नै क्रियसनबाट निर्माण गरेको भने देखिदैन । मिलन अमात्य र टंक बुढोथोकीकै स्वर रहेको फिल्मको यो गीतलाई हिन्दी फिल्म 'गुन्डे'को ‘तुने मारी इन्ट्री और दिलमे बजी घन्टी’ बोलको गीतसँग मिल्न गएको छ ।
 
यसलाई चोरी भन्ने या प्रभावित ? यस्तै यो गीतको भाव 'एकका दम' फिल्मको 'आओ तुजे' बोलको गीतसँग पनि मिल्न गएको देखिन्छ । महेशबाबु र कृती सनोनलाई यो गीतमा फिचरिङ गरिएको छ । 
 
ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्म चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । शिल्पा पोख्रेल, सविन श्रेष्ठ र किशोर खतिवडा फिल्मका मुख्य कलाकार हुन् । 

Most Visited News (monthly)