Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हर्षिकाको नयाँँ प्रेमी

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
अभिनेत्री हर्षिका श्रेष्ठ फिल्मको पर्दामा जम्न सकेकी छैनन् । अभिनयमा जम्न नसकेकी हर्षिका प्रेममा पनि जम्न सकेकी छैनन् ।
 
 
हर्षिकाको चर्चा उनको जिवनमा गाँसिने प्रेम प्रसंगबाट बढी भएको पाइन्छ । सम्पादक विपिन मल्ल र गायक बादल प्रसाइसँग हर्षिको प्रेम लामै समयसम्म चलेपनि अहिले उनीहरु अलग छन् ।
 
हर्षिकाले बादलसम्म आइपुग्दा आफूले २ जनासँग गहिरो प्रेम गरेको बताएकी छिन् । अब फेरि उनको प्रेमी परिवर्तन भएका छन् । विगत १ बर्षदेखि हर्षिका अमेरिकामा रहेका आशिष कुमार शाक्यको प्रेममा मस्त छिन् । 
 
 
सुरुमा साथी भएपनि १ बर्षदेखि उनीहरुको प्रेम बसेको हो । अमेरिकाका ग्रिन कार्ड होल्डर आशिषसँग बिहे हुनेमा उनी ढुक्क छिन् । तर, ब्रेकअप नै भयो र समयले साथ नदिएपनि केही भन्न नसकिने हर्षिकाको भनाई छ । 'जे लेखेको हुन्छ, त्यही नै हुन्छ', हर्षिका भन्छिन् ।
Most Visited News (monthly)