Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

षड्यन्त्र गरेर दर्शक नतान्ने फिल्म `षडङ्ग`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/25
अभिनेता अनुप बरालले आफू अभिनित फिल्म `षडङ्ग`लाई षड्यन्त्र गरेर दर्शक नतान्ने फिल्म भनेका छन् । बुधवार राजधानीमा फिल्मको ट्रेलर, पोस्टर र गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बरालले फरक प्रस्तुतीको फिल्म दर्शकलाई दिने टिमको कोशिस रहेको बताए ।     
 
 
 
लेखक तथा निर्देशक सुरज सुनवारयो फिल्मलाई ग्याङस्टारको कथा भनेका छन् । आफूलाई सानैदेखि ग्याङस्टार फिल्ममा रूची भएकाले पहिलो फिल्म निर्देशक ग्याङस्टार नै बनाएको उनले सुनाए । यो फिल्म समाज र राजनीतिसँग जोडिएको उनको भनाइ थियो ।   
 
निर्माता समिर सुनवारले आफूलाई कथावस्तु मन परेकाले लगानी गरेको बताए । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई सधैं नै च्यालेन्ज भूमिका मन पर्ने भन्दै `षडङ्ग` पनि यस्तै बिषयमा बनेको बताइन् । उनले फिल्मबाट दर्शकले हरेक पक्षमा रमाईलो पाउने दाबी गरिन् । 
 
 
 
अभिनेता सौगात मल्लले आफूलाई लामो समयदेखि गर्न मन लागेको भूमिका फिल्ममा गरेको बताए । उनले आफूले गरेका कामलाई कहिल्लै राम्रो भन्न नसकेपनि राम्रो गर्ने कोशिस र मेहनत गर्न नछाड्ने तर्क राख्दै `षडङ्ग`मा पनि मेहनत गरेकाले दर्शकले रूचाउने अपेक्षा राखेको बताए ।      
 
विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरूङ, नविन मानन्धरको अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुजेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको द्धन्द्ध, गोविन्द राइको नृत्य निर्देशन छ । अभिनेत्री हर्षिका श्रेष्ठले एक गीतमा मात्र नृत्य गरेकी छिन् ।
 
चैत्र १३ गतेबाट चल्ने यो फिल्मलाई पपकर्नले वितरण गर्दैछ ।
 
 

Most Visited News (monthly)