मोफसलमा फिल्म निर्माणको कुरा जोड्दै गर्दा यसको अग्रपङ्गतीमा बुटवल र पोखराको नाम आउँछ । यही बीचमा पश्चिम नेपालको बुटवलमा अर्को नयाँ फिल्मको सुटिङ शुरू भएको छ ।
फागुन १ मा मुहर्त भएसँगै फिल्म 'प्रेमी'को सुटिङ शुरू गरिएको हो । विवेक थापाको कथा तथा निर्देशन समावेश यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गर्ने निर्माता कृष्णश्री काफ्ले बताउँछन् । फिल्ममा काफ्लेसँगै काशिनाथ पन्थीको पनि लगानी छ ।
'प्रेमी'मा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाईं, ईन्द्रलाल खड्गी, रेश्मा केसी, कासिनाथ पन्थी, पशुपति नेपाल, सुरेन्द्र बरालको अभिनय रहनेछ ।
बुटवल, काठमाडौँ, पोखरा तथा धरानमा सुटिङ हुने भनिएको यो फिल्ममा निर्देशक विवेकको नृत्य, बिकाश चौधरीको संगीत समावेश छ भने गोपाल परियारको द्धन्द निर्देशन रहने छ ।

